गेजिङ १५ अगस्त (केएन शर्मा )
पश्चिम जिल्ला कार्यालयको आयोजनामा आज ७४ औं स्वाधीनता दिवस यहाँको कार्यलयको प्रांगणमा पालन गरियो। उक्त अवसरमा सिक्किम सरकारका पिएचइ विभागमा मन्त्री भिमहाङ सुब्बा प्रमुख अथितिको रूपमा उपस्थित थिए। यस अतिरिक्त जिल्लापाल कर्मा आर बग्पो , अतिरिक्त जिल्लापाल , पुलिस अधिकक्षक ,महकुमा अधिकारी लगायत सम्पुर्ण बिभागका कर्मचारीको उपस्थिति रहेको थियो ।कार्यक्रम मुख्य अतिथि द्वारा राष्ट्रिय ध्द्वाजा फराए पछि पुलिस बलको सलामी लिए। सम्बोधन गर्ने क्रममा मुख्य अथिति भिमहाङ सुब्बाले ७४ औं स्वतन्त्रता दिवसको अवसरमा राज्यवासीलाई बधाई दिँदै देशलाई स्वतन्त्रता दिलाउन शहीद बनेका स्वतन्त्रता सेनानीहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे।

स्वाधीनता दिवसको अवसरमा वैश्विक महामारीको संकटकालमा कोविड योद्धा रूपमा अग्रिम पंक्तिमा काम गर्ने जिल्लाका स्वास्थ्य विभाग, पुलिस विभाग र नागरिक समाजका प्रतिनिधिलाई कार्यक्रम आयोजक समितिको तर्फबाट अभिनन्दन जनाइएको थियो । कार्यक्रममा राज्यपालको संदेश जिल्लापाल कर्मा आर बङ्पो र मुख्यमन्त्रीको सन्देश अतिरिक्त जिल्लापाल तुसार निखारेले पाठन गरेका थिए।कार्यक्रम गन्दगी मुक्त भारत अभियान अन्तरगत राखिएको अनलाइन कला कार्यक्रममा सहभागीता जनाउने विद्यार्थीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो । यस बाहेक आजै जिल्लाले नशा मुक्त भारत अभियानको पनि अनावरण गर्यो। यस्तै प्रकारले गेजिङ अमचुङ ग्राम पन्चायत एकाइमा विभिन्न कार्यक्रम गरि स्वधिनता दिवस पाल गरिएको छ। कार्यक्रम पन्चायत सभापति दावा छिरिङ भोटियाले राष्ट्रिय झण्डा फराएर सलामी दिए। केन्द्रले एक छोटो कार्यक्रमको आयोजना गरि ग्रामीण स्तरमा विभिन्न सहयोग पुर्याउने आसा आगानवादी कार्यकर्ताहरु साथै अन्यलाइ सम्मान जनाइएको थियो कार्यक्रमको संचालन पन्चायत विष्णु थापा गरेका थिए ।









































