HomeFeatureपश्चिम सिक्किमको सोरेङ महकुमा कार्यालयमा पनि ७४ औं स्वाधीनता दिवस पालन

पश्चिम सिक्किमको सोरेङ महकुमा कार्यालयमा पनि ७४ औं स्वाधीनता दिवस पालन

सोरेङ, १५ अगस्ट (सरोज गुरुङ)

सोरेङ महकुमा कार्यलयको आयोजनामा आज ७४ औं स्वाधीनता दिवस सोरेङमा पालन गरियो। उक्त अवसरमा सिक्किम सरकारका उर्जा एवं श्रम विभागमा मन्त्री एमएन शेर्पा प्रमुख अथितिको रूपमा उपस्थित थिए। यस अतिरिक्त मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा विशिष्ट अथितिको रूपमा उपस्थित थिए। यस अतिरिक्त क्षमता विकास साथै युवा सशक्तीकरण एवं स्वनिर्भर बोर्डका सल्लाहकार बिनोद बस्नेत, अतिरिक्त जिल्लापाल (विकास) गायस पेगा, महकुमा अधिकारी हिम्मत राई, महकुमा पुलिस अधिकारी रोशन गुरुङ, स्थानीय पञ्चायत, बीडीओ, महकुमा अधिनस्थ विभागीय अधिकारीगण र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति थियोे।                                                     

सम्बोधन गर्ने क्रममा मुख्य अथिति मन्त्री एमएन शेर्पाले प्रथमत: ७४ औं स्वतन्त्रता दिवसको अवसरमा महकुमावासीलाई बधाई दिँदै देशलाई स्वतन्त्रता दिलाउन शहीद बनेका स्वतन्त्रता सेनानीहरुलाई स्मरण गर्दै उनले श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीको नेतृत्वमा सरकारले सिक्किमे जनताको हितमा उच्च प्राथमिकता दिएर काम गरिरहेको मन्तव्य जाहेर गर्दै सरकारले १५ महिना भित्रमा अनेकौं काम गरेको बताए। मन्त्री शेर्पाले अघि भने, सिक्किम शान्तिमय राज्य हो। जनता सुरक्षित छन्। जातीय सद्भावना एसकेएम सरकारको मूलमन्त्र रहेको बताउँदै मन्त्री शेर्पाले सबैजना सिक्किमे भएर बाँच्नु पर्ने आह्वान गरे। कार्यक्रमलाई विशिष्ट अथिति मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले पनि सम्बोधन गरे।

स्वाधीनता दिवसको अवसरमा वैश्विक महामारीको संकटकालमा कोविड योद्धा रूपमा अग्रिम पंक्तिमा काम गर्ने सोरेङ महकुमाका स्वास्थ्य विभाग, पुलिस विभाग र नागरिक समाजका प्रतिनिधिलाई महकुमा कार्यलयको तर्फबाट सम्मान पनि मुख्य अथितिको बहुलीबाट गरियो। कार्यक्रममा राज्यपालका सन्देश एडीसी गायस पेगा र मुख्यमन्त्रीको सन्देश महकुमा अधिकारी हिम्मत राईले पाठन गरेका थिए। कार्यक्रमबिच स्वाधीनता दिवस समारोह समितिले मुख्य अथिति मन्त्री एमएन शेर्पा, सोरेङ-च्याखुङ समष्टिका विधायक आदित्य गोले र मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मालाई सम्मान गर्दै स्मृति चिन्ह प्रदान गरे। यसरी नै कोरोना भाइरसको संक्रमण पछि निको भएर घर फर्केकी टिम्बुरबुङ निवासी शोभा सुब्बालाई सम्मान गरे।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...