8 जनवरी 2022
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित भएका छन् । शनिबार बिहान प्रचण्डको सचिवालयका अनुसार शुक्रबार बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको हो। कोरोना संक्रमण भए पनि उहाँको अवस्था सामान्य रहेको छ । चिकित्सकको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ । यसअघि पार्टीका केही नेताहरुलाई कोरोना संक्रमण भएको भन्दै पार्टीको बैठकसमेत स्थगित गरिएको थियो ।









































