20 अक्तूबर 2021
भारतले शारदा कैलाशपुरी बाँधको ढोका बन्द गर्दा कैलालीको टिकापुरस्थित दक्षिणी क्षेत्र डुबानमा परेको छ । कणाली नदीमा भएको पानी भारतको कैलालशपुरी बाँध हुँदै बग्छ । तर, भारतीय पक्षले सो बाँधको ढोका बन्द गरेपछि पानी थुनिएर थप डुबान भएको हो ।
टिकापुर नगरपालिका–वडा नम्बर–८ का वडा अध्यक्षका अनुसार कणाली थुनिएपछि मोहना नदीतर्फ फर्कन थालेको छ भने हुलाली राजमार्ग समेत डुबानमा परेको छ । टिकापुर नगरपालिका–५ स्थित शाहीपुरमा कर्णालीले करिब २ सय २० मिटर जति तटबन्ध फुटाउँदै सोही स्थानमा बनेको हुलाकी राजमार्गसमेत बगाएर मंगलबारदेखि नै टिकापुरको पूर्वि क्षेत्र डुबानमा परेको जनाएका छन । ‘भारतले कैलाशपुरीमा ढोका बन्द गर्दा पानी थुनिएको छ,’ वडा अध्यक्षले भने, ‘पानी थुनिदा डुबान कम भएको छैन, नागरिकको विचल्ली भएको छ ।’ कर्णालीको पानी गाउँमा पस्दा करिव २ सय परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षकले कैलाशपुरी बाँधमा ढोका थुनेको जानकारी नभएपछि कर्णालीमा पानी थुनिएको बताए । ‘अहिले कर्णालीमा पानी थुनिएर मोहना नदीतर्फ बढिरहेको छ,’ भने ।









































