नयाँ दिल्ली डेस्क, 16 मई 2020
भारतको उत्तर प्रदेश राज्यको औरैया जिल्लामा शनिबार बिहान ट्रक दुर्घटना हुँदा 24 जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब 3 बजे 2 वटा ट्रक एकआपसमा ठोक्किँदा 24 मजदुरको निधन भएको हो। दुर्घटनामा अन्य 26 जना मजदुर घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितलाई राहत प्रदान गर्न निर्देशन दिनुभएको छ। दुर्घटनामा मृत्यु हुने तथा घाइते हुने अधिकांश मजदुर बिहार, झारखण्ड र पश्चिम बंगालका रहेका छन्। उनिहरु लकडाउनकै क्रममा घर फर्कने प्रयासमा थिए।









































