HomeFeatureलकडाउनका कारण विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरुको पुननिर्माण कार्य रोकियो

लकडाउनका कारण विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरुको पुननिर्माण कार्य रोकियो

काठमाण्डौँ, 20 अप्रेल

लकडाउनका कारण काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरुको पुननिर्माण रोकिएको छ। कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गत चैत 11 गतेबाट जारी गरिएको लकडाउनका कारण सम्पदाहरुको पूनर्निणको काम रोकिएको हो। भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पूर्ननिर्माणमा खटिएका कामदारहरुले लकडाउनका कारण काम गर्न पाएका छैनन्। सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्य मजदुरको सुरक्षाको प्रत्याभुति गरी काम सुरु गर्ने बताएपनि विश्व सम्पदा सूचिमा सूचिकृति सम्पदाहरुको पूर्निनिर्माणको काम ठप्प हुँदा समेत सरकारको ध्यान गएको छैन्।

वर्षायाम सुरु हुन अघि सक्नुपर्ने काम पनि लकडाउनका कारण प्रभावित भएको छ। लकडाउन सकिएपछि वर्षायाम सुरु हुने र काम प्रभावित हुने भएकाले पूर्ननिर्माणको काम अझै पर धकेलिने संकेत देखिएको छ। सोमबार काठमाडौंको बसन्तपुर स्थित हनुमानढोका क्षेत्र, ललितपुरको पाटन दरबार क्षेत्र लागयतका ठाउँमा पुग्दा कुनैपनि सम्पदाको पुन निर्माणका कामहरु भएको पाइएन्। सम्पदा क्षेत्र सुनसान छन्, भने मजदुरहरु देखिदैनन्।

सम्पदा क्षेत्र भित्र रहेका मन्दिरहरुमा हुने नियमित पुजाआजाका कामहरु समेत सञ्चालनमा आउन सकेका छैनन्। पाटन दरबार क्षेत्र भित्र रहेको कृष्ण मन्दिर, बंगलामुखि, भिमसेनको मन्दिर, कुम्भेश्वर लगायतका मन्दिरहरु बन्द रहेका छन्। यस्ता कतिपय मन्दिरहरुको पुननिर्माणको काम समेत प्रभावित भएको छ। लकडाउनका कारण पर्यटकिय क्षेत्र समेत रहेको सो क्षेत्रका स्थानीयहरुको व्यवसाय समेत ठप्प भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...