HomeFeatureलकडाउनको आज 56 औँ दिन, जनवजीवन प्रभावित, अत्याश्यक बाहेकका सेवा बन्द

लकडाउनको आज 56 औँ दिन, जनवजीवन प्रभावित, अत्याश्यक बाहेकका सेवा बन्द

काठमाण्डौँ, 18 मई 2020

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज 56 दिन पुगेको छ। गत चैत 11 गतेदेखि सरकारले लकडाउन गरेको छ। लामो समयसम्म लकडाउन हुँदा जनवजीवन प्रभावित भएको छ। अत्याश्यक बाहेकका सबै सेवा बन्द भएका छन्। गत साता सरकारले आर्थिक जीवनमा असर परेको भन्दै लकडाउनलाई केही खुकुलो पार्ने र उद्योग तथा कार्यालयहरु खोल्न दिने निर्णय गरेको थियो। तर देशभर संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई फेरी कडाई गरेको छ। सरकारले लकडाउनको समय अवधि फेरी 15 दिन थप गरी जेठ 20 गते सम्म पुऱ्याएको छ। यस अघि तोकिए अनुसार आज मध्यरातपछि लकडाउन सकिदै थियो।

सोमबार काठमाडौं उपात्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ। सुरक्षाकर्मीले चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई पारेको छ। अत्यावश्यक सेवाका बाहेकका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ। यस्तै मानिसहरुको आवागमन पनि न्यून छ। सडकका विभिन्न ठाउँमा नेपाली सेनाले समेत चेकजाँच गरेको छ। नेपाली सेनाको पोशाक दुरुपयोग भएको पाइएपछि नेपाली सेनाले पनि चेकजाँच सुरु गरेको हो।

उपत्यकाका मूख्य सडकमा अत्यावश्यक सेवाका सवारी साधनहरु सञ्चालनमा आएपनि भित्रि सडकमा भने खासै सवारी साधनको आवागमन देखिदैन्। केही अत्यावश्यक खाद्य वस्तुका पसलहरु खुलेका छन्। मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर उपभोग्य सामग्री किनमेल गरेको देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...