HomeFeatureवर्षौदेखि भारतमै रहेका 2 नेपालीहरु हिमाचलमा अलपत्र अवस्थामा फेला, लकडाउनले भोकै रहन...

वर्षौदेखि भारतमै रहेका 2 नेपालीहरु हिमाचलमा अलपत्र अवस्थामा फेला, लकडाउनले भोकै रहन बाध्य

हिमाचल, 1 अगस्त 2020

भारतको हिमाचल प्रदेश अन्तरगत कुल्लुमा बेवारिसे अवस्थामा 2 जना नेपालीहरु भेटिएका छन । लकडाउनका कारण अलपत्र भएर भोकै रहन बाध्य भएका 2 जनालाई मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, कूल्लु मनाली समितिले उद्धार गरेको छ । जानकारी अनुसार 2 जना मध्ये एकजना विरामी भएको अवस्थामा भेटिएकाले उनलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । कुल्लुको मनिकरण गुरुद्वारामा लामो समयदेखि काम गर्दै पेट पालिरहेका गणेश ठाकुर नाम बताउने भीम बहादुरलाई लकडाउनका क्रममा कामबाट हटाएपछि भौतारिरहेको र काम गर्ने स्थितिमा नरहेपछि बेरोजगार भएका तनहुँका तेजबहादुरलाई मूल प्रवाह, कुल्लु मनाली समितिका अध्यक्ष साइला लामा, सचिव तुलाराम बुढा, उपाध्यक्ष रतनलाल पुन लगायत सदस्यहरु मुस्कान क्षेत्री, कमला शाही, सुनिता बस्नेत, किरण शाही र रवि पुन मगर लगायतको पहलमा उद्धार गरिएको हो ।

मूल प्रवाहका अनुसार नेपालको सल्यान जिल्लाको लेखपोखरा घर बताउने 60 वर्षका गणेश ठाकुर नाम बताउने भिम बहादुर पतलीकुल सार्वजनिक पार्कमा वेवारीसे र विरामी अवस्थामा भेटिएका हुन । मूल प्रवाह कुल्लह मनालीले खर्च व्योहेर्ने गरि उनलाई मिसन अस्पताल मनालीमा उपचारको लागि भर्ना गरिएको छ । अहिलेसम्म अविवाहित रहेका गणेश ठाकुर गुरुद्वारामा काम गर्ने गर्दथे भने उनले नेपालमा दिदी मिना भण्डारी र भिनाजु कुमार भण्डारी रहेको भन्दै नेपाल जान चाहेको बताएका छन ।

अर्कोतर्फ लौरकबेसी, डाडागाँउ, तनँहुका स्थायी बासिन्दा तेजबहादुर भने उमेर छिप्पिएका कारण काम गर्न नसकेपछि कुल्लु मनालीमा अलपत्र परेका थिए । उनलाई पनि मूल प्रवाहले उद्धार गरेको छ । घरमा श्रीमति र ठूला-ठूला छोराछोरी रहेका उनि पनि वर्षौदेखि घर नगएको बताउँछन । उनले आफ्नो प्रकाश नाम गरेका 41 वर्षका जेठो छोरो, 38 वर्षका काऩ्छो छोरो र 35 वर्षकी छोरी रहेको बताएका छन ।

उनिहरुले नेपाल फर्काइदिन आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...