HomeFeatureसीमा अतिक्रणविरुद्ध प्रभावकारी कदम चाल्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

सीमा अतिक्रणविरुद्ध प्रभावकारी कदम चाल्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौँ, 12 मई 2020

सांसदहरुले नेपालको सूदुरपश्चिममा भारतीय पक्षबाट गरिएको सिमा अतिक्रण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। विगत लामो समयदेखि भारतीय पक्षबाट नेपालको सिमा अतिक्रमण हुँदै आएको र त्यसको दीर्घकालिन समाधान निकाल्न नसक्दा विभिन्न वहानामा अतिक्रमण हुने क्रम बढ्दै गएको भन्दै सांसदहरुले प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले सिमा अतिक्रमणको विषयलाई लिएर अन्तर्राष्ट्रिय अदालत जान पनि सुझाव दिएका छन्।

सांसद देवेन्द्र पौडेलले कालापानी र लिपुलेक प्रकरणले नेपालीको स्वभिमानी मुटुमाथि तिर रोपिएका समयमा सत्तापक्ष र प्रतिपक्षी भएर कविताको सौन्दर्यमा विचरण नगरी समस्या समाधानका लागि सबैलाई एकतावद्ध गर्दै मुर्त र परिणाममुखी पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

धर्मशिला चापागाईले भारतबाट नेपालको सूदुरपश्चिममा भु-भाग अतिक्रमण भएको प्रति खेद प्रकट गदै सूदुर-पूर्वमा पनि केही समयपछि त्यही स्थिति आउने संभावना देखिएको भन्दै तत्काल स्थायी ढंगले सिमा विवाद गर्ने तर्फ पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। मेचीलाई सीमाना मान्न नसकिने कुरा आईरहेकाले सीमा विवादको दिर्घकालिन समस्या समाधान खोजिनुपर्ने तर्क उहाँले गर्नुभयो।

सांसद नन्द बहादुर रोका क्षेत्रीले भारतले पटक-पटक नेपाललाई दुख दिने गरेको भन्दै सार्वभौम सत्ता सम्पन्न देशलाई हेप्ने भारतीय प्रवृत्तिको सधैको अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद नवराज सिलवालले सिमा अतिक्रमणबारे कविता सुनाउदै मुलुकको अस्मिता जोगाउनका लागि सरकारमाथि प्रहार गर्ने काम छोडेर संयुक्त राष्ट्रिय मोर्चा बनाई अघि बढ्न आह्वान गर्नुभयो ।

सांसद नारायण प्रसाद मरासिनीले सिमा अतिक्रमण विरुद्ध सरकारले चालेका कदमको प्रसंसा गर्दे सिमा क्षेत्र सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो।

सांसद निरु देव पालले कुटनीतिक पहल मार्फत सिमा क्षेत्रको अतिक्रमण रोक्नका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद पदम गिरीले भारतले 1950 देखि नै सिमामा विभिन्न संरचना निर्माण गरि नेपाललाई दुख दिने गरेको भन्दै प्रभावकारी कुटनीतिक पहल गरि सिमा विवादको दीर्घकालिन अन्त्य खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद पार्वता डिसी चौधरीले सुगौलि सन्धिले लिम्पियाधुरा कालापानी र लिपुलेक नेपालको हो भन्ने प्रष्ट भएको भन्दै पछिल्लो समय भारतले लिपुलेकमा गरेको अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जान सरकारलाई आग्रह गर्नुभयो।

सांसद पार्वता कुमारी विशुन्केले कुटनीतिक तबरबाट सिमा विवादको दीगो समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद पुर्ण कुमारी सुवेदीले सुगौलि सन्धिबाट कायम भएको नेपाली भुमि कब्जा गरि भारतले बाटो निर्माण गर्नु स्वतन्त्र सार्वभौम मुलुकमाथिको अतिक्रमण, हेपाहा प्रवृत्ति र नाङ्गो हस्तक्षेप प्रति घोर आपत्ती प्रकट गर्नुभयो। उहाँले सिमाविवाद नेपाल सरकारको कुटनीतिक पहलबाट मात्रै समाधान हुने नदेखिएकाले चिनसंगको त्रिदेशिय समझदारी मार्फत भूमि संरक्षण गर्न र लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको नक्सा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद थम माया थापाले सिमा समस्याको स्थायी समाधान गर्न प्रभावकारी काम अघि बढाउन सरकारलाई अनुरोध गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...