काठमाण्डौँ, 12 मई 2020
प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सिमा अतिक्रमण विरुद्ध सांसदहरुले उठाएका सवालमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाली भुमि माथिको भारतिय अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न र सिमा विवादको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका थिए। आगामी आर्थिक वर्ष 2077/78 को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल चलिरहेको भएपनि संवेदनशीलय विषय भएकाले भारतीय अतिक्रमण विरुद्ध सांसदहरुलाई शुन्य समयमा धारणा राख्न सभामुखले समय दिनुभएको थियो। शुन्य समयमा धारणा राख्ने अधिकांश सांसहरुले सिमाविवाद समाधानका लागि चीन समेतको त्रिदेशीय वार्ता गर्न र समाधान नभए अन्तराष्ट्रिय अदालत जान सरकारलाई सुझाएका थिए। शुन्य समयमा सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि सभामुख सापकोटाले ती विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउनुभएको हो।
उहाँले भन्नुभयो “माननीय सदस्यहरु, यो बीचमा सुन्य समयमा बहुआयामिक महत्वका प्रश्नहरु माननीय सदस्यहरुले उठाउनुभएको छ। यी प्रश्नहरुमा नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँछु।”









































