HomeFeatureNSADU द्वारा आयोजित अनलाईन निबन्ध लेखन प्रतियोगिताको परिणाम सार्वजनिक

NSADU द्वारा आयोजित अनलाईन निबन्ध लेखन प्रतियोगिताको परिणाम सार्वजनिक

नयाँ दिल्ली, 19 जुन 2020

दिल्ली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संगठन नेपाली विद्यार्थी संगठन दिल्ली विश्वविद्यालयले आयोजना गरेको  अनलाईन निबन्ध लेखन प्रतियोगिता आलाप सम्पन्न भएको छ । बीपी कोइराला प्रतिष्ठान, नेपाली दूतावासको सह-आयोजनामा गरिएको प्रतियोगिताको नेपाल स्थायी लक्ष्य हासील गर्दै भन्ने शिर्षकमा दिल्ली टेक्नोलोजिकल विश्वविद्यालयकी अनुष्का लाल प्रथम हुनु भएको छ।

दिल्ली विश्वविद्यालयको अर्थशास्त्रमा बीए गरिरहेका स्वच्छन्द पाण्डे द्वितीय हुनुभएको छ ।

त्यसैगरि ओभर द टप मिडीया भर्सेज नोवेल शिर्षकमा जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत सुशान्त थापा प्रथम हुनु भएको छ।

दिल्ली विश्वविद्यालयमा अध्ययनरत अनुष्का शाह द्वितिय हुनु भएको छ ।

प्रतियोगीहरुलाई मेलका माध्यमले आ-आफ्नो निवन्ध पठाउन भनिएको थियो । यसक्रममा ठूलो संख्यामा दिल्ली-एनसीआरमा अध्ययनरत नेपाली विद्यार्थीहरुले अनलाईन निवन्ध पठाएका थिए । रेनु महतले नेतृत्व गरेको यस कार्यक्रमको उप-प्रमुख संगीता महत रहेकी थिइन । नेपाली विद्यार्थी संगठन दिल्ली विश्वविद्यालयले यसअघि पनि कयौं पटक विभिन्न शिर्षकहरुमा नेपाल-भारतको बिच कार्यक्रम गर्दै आएको छ । नेशनल लाईव टीभी यस कार्यक्रमको मिडीया पार्टनर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...