HomeFeatureसातै प्रदेशका सभामुखहरूसँग राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा भिडियो कन्फ्रेन्स

सातै प्रदेशका सभामुखहरूसँग राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा भिडियो कन्फ्रेन्स

काठमाण्डौँ, 15 अप्रेल

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सात वटै प्रदेशका सभामुखहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गर्नुभएको छ। कोरोना भाइरस (कोभिड–19) संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरुको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले सातै प्रदेशका सभामुखहरुसँग छलफल गर्नुभएको हो।

भिडियो कन्फ्रेन्समा लकडाउनको क्रममा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरुको सूचना लिएर सम्बन्धित निकायमा पुऱ्याउने विषयमा प्रदेश सांसदहरुसँग छलफल चलाउन अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभयो। यस्तै लकडाउनको असर अर्थतन्त्रमा पर्ने भएकाले यस विषयमा समेत अहिले देखिनै छलफल चलाउनुपर्ने उहाँले बताउनुभयो।

भिडियो कन्फ्रेन्समा प्रदेश सभामुखहरुले सामाजिक दुरी कायम गर्दै जनताको समस्याको सूचना लिने र त्यसको समाधानका लागि पहल गर्ने काम सांसदहरुले गरिराखेको बताएका छन्। प्रदेश सभामुखहरुले कोरोना भाइरससँगको लडाईमा आ–आफ्नो प्रदेशमा भएका कामहरुको बारेमा समेत एक आपसमा जानकारी गराएका छन्। यस्तै प्रदेश संसदले प्रदेश सरकारसँग मिलेर कोरोना भाइरस नियन्त्रणका लागि काम गर्ने तयारीका विषयमा समेत एकआपसमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...