काठमाण्डौ, 2 सितम्बर 2021
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले एक–एक गोलको बराबरी खेलेका हुन्। दशरथ रङ्गशालामा बिहिबार भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गोलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका हुन् । भारतका अनिरुध थापाले खेलको ६० औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन । नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल हेर्नका लागि लगभग ५ हजार १ सय दर्शकहरूको उपस्थिती रहेको थियो।









































