HomeFeatureअन्ततः भारतीय क्वारेन्टिन बसेका नेपालीहरुले पाए स्वदेश प्रवेशको अनुमती, भोलि भित्र्याईने

अन्ततः भारतीय क्वारेन्टिन बसेका नेपालीहरुले पाए स्वदेश प्रवेशको अनुमती, भोलि भित्र्याईने

बैतडी, 29 अप्रेल/ हिम शाह

एक महिनाभन्दा बढी समय भारतीय क्वारेन्टिन बसेका नेपालीहरुलाई बिहीबार स्वदेश फर्काइने भएको छ। भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानका क्वारेन्टिनमा बसेका नेपाली नागरिकहरुलाई बिहीबार स्वदेश ल्याउने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो। भारतको पिथौरागढ जिल्ला, नेपालको बैतडी र दार्चुला जिल्ला अधिकारीहरुबीच भएको सहमति अनुसार मजदुरहरुलाई स्वदेश ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो ‘गृहमन्त्रालयबाट पनि मौखिक निर्देशन प्राप्त भएको छ। भारतीय प्रशासन र हामीबीच पनि अनौपचारिक सहमति भएर मजदुरहरुलाई स्वदेश फर्काउँछौं। बिहीबार एक दिनका लागि मात्रै सीमा मजदुहरुलाई स्वदेश फर्काउन खुला हुन्छ।’ उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्ने गरेर स्वदेश फर्काउन लागेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो। 14 दिन क्वारेन्टाइनमा बसेपछि उनीहरुको र्यापीड टेस्ट गरेर रिपोट नेगेटिभ आएमा घर पठाइने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।

भारतीय सीमामा बैतडीका मात्रै 9 सय मजदुर रहेका छन्। एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेकाहरुलाई स्वदेश फर्काउनका लागि मजदुरहरुले बारम्बार आग्रह गरिरहेका थिए। सरकारले स्वदेश फर्काउने निर्णय गरेपछि मजदुरहरु खुसी भएका छन्।

आफूहरुलाई विदेशी भूमीमा धेरै समस्या भएको र स्वदेश फर्काउने निर्णयले खुसी तुल्याएको पुर्चौंडी नगरपालिका 3 का लोकेन्द्र पार्कीले बताउनुभयो। गाउँमा खेतीपातीको समयसमेत शुरु भईसकेकाले आफूहरुलाई घर फर्काउने निर्णयले साह्रै खुसी भएको डिलाशैनी गाउँपालिका 3 का रमेशराम ओडले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...