HomeFeatureभारतमा भोलीदेखि रेल सेवा पुनः सुरु, अनलाईन बुकिङ आज साँझ 4 बजेदेखि...

भारतमा भोलीदेखि रेल सेवा पुनः सुरु, अनलाईन बुकिङ आज साँझ 4 बजेदेखि खुला

नयाँ दिल्ली, 11 मे 2020

भारतमा करिब 2 महिनापछि रेल सेवा पुनः सञ्चालन हुने भएको छ। कोरोना भाइरस (कोभिड 19) नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले 2 महिनाअघि रेलवे सेवा बन्द गरेको थियो। उक्त रेल सेवामध्ये राजधानी नयाँ दिल्लीमा भोली अर्थात् 12 मे मंगलबारदेखि सेवा पुनः सुरु हुन लागेको हो।

रेलवे मन्त्री पियुष गोयलले मंगलबारदेखि रेलवे सेवा पुनः सञ्चालनमा आउने जानकारी दिनुभएको छ। आइतबार उहाँले ट्वीट गर्दै सो जानकारी दिनुभएको हो। रेल सेवाका लागि आज साँझ 4 बजेदेखि नै अनलाइन बुकिङ हुने छ। मंगलबारदेखि सुरु हुन लागेको यस सेवाका लागि रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न पाइने छैन। काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरुले जानकारी गराएका छन्।

भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट 15 वटा रेल देशभरका मुख्य रेलवे स्टेशनका लागि छुट्ने छन्। नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ।

यात्रा गर्नुअघि ती सबै रेलवे स्नटेशमा यात्रुहरूको स्वास्थ्य जाँच पनि गरिने जनाईएको छ। स्वास्थ्य परीक्षणमा कोभिड 19 को कुनै पनि लक्षण देखिएमा उनिहरुलाई रेलमा प्रवेश गर्न दिइने छैन्।

त्यसैगरी यात्रुहरूले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्नेछ। भारत सरकारले यसअघि अलपत्र परेका मजदूरको उद्धार निम्ती पनि रेल सेवा सुरु गरेको थियो। यही मे 1 देखि श्रमिक रेलहरु सञ्चालनमा ल्याएको बताइएको थियो। ती रेलहरुले भारतका विभिन्न स्थानमा अलपत्र परेका ठूलो संख्याका मजदूर तथा विद्यार्थीको उद्धार गरेको सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...