HomeFeatureभारतमा जन्मिए कोरोना र कोभिड

भारतमा जन्मिए कोरोना र कोभिड

नयाँ दिल्ली, 3 अप्रेल

भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहाका नाम कोरोना र कोभिड राखिएको छ। ती जुम्ल्याहा बालक र बालिका भारतमा जारी लकडाउनको समयमा जन्मिएका हुन्। उनीहरूका अभिभावकले विश्वले भोगिरहेको अप्ठेरो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन सन्तानहरूका नाम त्यसरी राखेको बताएका छन्।

ती जुम्ल्याहाकी आमाले बच्चा जन्माउँदा निकै कठिनाइ भएको बताइन्। “हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान्‌ यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ।” उनले आफूलाई मार्च 26 तारिखका दिन ब्यथा लागेको बताएकी छन्। लकडाउनको अवधिमा अस्पताल आउन निकै सङ्घर्ष गर्नुपरेको उनले बताएकी छन्।

उनले मार्च 27 मा जुम्ल्याहा जन्माएकी थिइन्। “यो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा ध्यान दिन जोड दिइरहेका छन्। त्यही भएर हामीले यी नाम छानेका हौँ।” उनले भनिन्।

अस्पतालका कर्मचारीहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन्। ती जुम्ल्याहा रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पतालमा जन्मिएका थिए।

उक्त अस्पतालका जनसम्पर्क अधिकारीले आमा र सन्तान दुवैको अवस्था राम्रो रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...