काठमाण्डौँ, 13 अप्रेल
चामुण्डा विन्द्रासैनी नगरपालिकाले क्वारेन्टिनमा बसेका 112 जनालाई घर पठाएको छ। नगरपालिकाले कर्णाली प्रदेश प्रयोगशालामा स्वाब पठाइएकोमा परीक्षणले कोरोना भाइरस संक्रमण नदेखिएको पुष्टि भएपछि क्वारेन्टिनमा राखिएको 14 औँ दिनमा पाँच वटा क्यारेन्टिन बस्ने 120 जनामध्ये 112 जनालाई घरमा पठाइएको र 8 जनालाई क्वारेन्टिनमै राखिएको जानकारी दिएको छ। कर्णाली जनचेतना आधारभूत विद्यालय पालेतडामा बस्ने 1 जना र चामुण्डा क्याम्पसमा बस्ने 7 जनालाई 4 गतेसम्म क्वारेन्टिनमा राखिने भएको छ।
भारतबाट 17 चैतमा आएका 1 सय 12 जनालाई नगरपालिकाको कर्णाली जनचेतना आधारभूत विद्यालय पालेतडा, भैरव माध्यमिक विद्यालय डौसुर, ओमकोट आधारभूत विद्यालय ओमकोट, जनता माध्यमिक विद्यालय बस्तेकोट र चामुण्डा क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो।
चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीले घर पठाइएका व्यक्तिलाई 2 हप्तासम्म घरकै क्वारेन्टिनमा बस्न आग्रह गर्नुभएको छ। क्यारेन्टिनबाट घरमा फर्केका र नगरवासीलाई जंकफुडभन्दा स्थानीय स्तरमै उत्पादन भएका खानेकुरा खान हुन उहाँले अपिल गर्नुभएको छ।









































