नयाँ दिल्ली, 15 मई, खुम गुरुङ
अन्तराष्ट्रीय पर्वत समाजले दिल्लीमा अलपत्र परेका 40 जना नेपालीहरुलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीका कारण भारतमा गरिएको लकडाउनका कारण दिल्लीमा जागिर गरिरहेका पर्वत जिल्ला कुश्मा नगरपालिका १० पिपलटारीका ४० जना रोजगार विहीन भएपछि समस्यामा परेका थिए । त्यसपछि उनिहरुले आफ्नो अवस्थाबारे सामाजिक सञ्जालमा जानकारी दिएर सहयोगका लागि गुहार लगाएका थिए । उनिहरुको गुहार सुनेपछि अन्तराष्ट्रीय पर्वत समाज यूकेका अध्यक्ष पुरण गिरीको सहयोगमा दिल्लीका समाजसेवी सुष्मा (मेरी गुरुङ) र अर्जुन गुरुङले उनिहरु रहीरहेको दिल्लीका विभिन्न स्थानमा पुगेर खाद्यान्न वितरण गरेका हुन ।
राहत सामग्री पाएपछि समस्यामा परेका उनिहरुले खुशी व्यक्त गर्दै राहत वितरण गर्ने अन्तराष्ट्रीय पर्वत समाज परिवारप्रति आभार प्रकट गरेका छन ।















































