काठमाण्डौँ, 16 मई 2020
नेपालमा थप 3 जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै नेपालमा कुल संक्रमितहरूको संख्या 276 पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचनाका अनुसार कपिलबस्तुमा थप 3 जनामा कोभिड-19 को संक्रमण पुष्टि भएको हो।
उनिहरूको अवस्था सामान्य रहेको मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी 25, 34 र 44 वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको हो।
यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर 36 उपचारपछि ठिक भएर घर फर्किएका छन्।









































