HomeFeatureअखिल भारत नेपाली एकता मंच र शिवपुरी धाम प्रवासी समूहद्वारा ५८...

अखिल भारत नेपाली एकता मंच र शिवपुरी धाम प्रवासी समूहद्वारा ५८ परिवारलाई खाद्यान्न वितरण

नयाँ दिल्ली, 24 मार्च 2020

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ का कारण विश्व त्रस्त छ । कोरोना भाइरसको प्रभावले  यतिखेर भारतमा चौथो लकडाउन चलिरहेको छ । यसको प्रभावको समस्याले प्रवासी नेपालीहरूको हजारौंको सँख्यामा रोजगार गुमेको छ भने हजारौ सँख्यामा अलपत्र परेका नेपालीहरूलाई सङ्गठनको क्षमता अनुसार भारतमा नेपाली र भारतीय संघ-संस्थासँग सहकार्य गर्दै सहयोगका लागि  अखिल भारत नेपाली एकता मञ्च निरन्तर रुपमा खटिरहेको छ । अखिल भारत नेपाली एकता मञ्चका  युवा नेता आरबी खड्काको नेतृत्वमा अखिल भारत नेपाली एकताका केन्द्रीय सदस्य भानु बजगाई केन्द्रीय सदस्य जीवन शर्मा, केन्द्रीय सदस्य सूर्य राना, अखिल भारत नेपाली एकता मञ्च राज्य सदस्य कैलाश कोली र समाजसेवी दीपक पुन लगायत एकता मञ्चको सम्पूर्ण टीमले विशेष पहल गर्दै अलपत्र नेपालीहरूको दैनिकी सहज बनाउन राहत सामग्री वितरण गरेको छ । होटल, फैक्ट्रीलगायत विभिन्न क्षेत्रमा काम गर्ने नेपाली समुदायहराई राहत वितरण गरिएको हो । हरियाणाको गुरुग्राम सेक्टर ३७ र मेदान्ता अस्पताल वरिपरि बस्ने परिवार, दिल्लीको रोहिणीमा दक्षिण भारतबाट नेपाल जान आएका कर्णाली प्रदेशका परिवार सहित २७ जना, दिल्ली रोहिणी सेक्टर ५ र १६ मा रोजगारी गुमेपछि अलपत्र परेका ५८ जनाको परिवारलाई 16 दिनलाई पुग्ने खाद्यान्न वितरण गरिएको हो । उनिहरु प्राय दाङ, गुल्मी, बझाङ, कैलाली लगायतका नेपालीहरु छन । यस राहत वितरणमा कोरोना भाईरस महासङ्कटको शुरुवातदेखि नेपालीहरुलाई सहयोग गर्दै आएको शिवपुरी धाम प्रवासी समूहको विशेष सहयोग गरेको छ ।

पर्वत जिल्ला पँयु गाँउपालिका वाड नम्बर 3 को शिवपुरी धाम प्रवासी समूहका कोषाध्यक्ष छविलाल भट्टराई, उपाध्यक्ष एवं कानुनी सल्लाहकार देवीप्रसाद काफ्ले, समूहका अध्यक्ष तोलाकान्त काफ्ले, सचिव तारा प्रसाद भुषाल,  सदस्यहरु रामप्रसाद भुषाल, यामप्रसाद भुषाल, छविलाल काफ्ले, पर्शुराम काफ्ले, भोजराज काफ्ले, कृष्ण काफ्ले, निलकण्ठ काफ्ले र दीपक काफ्ले लगायतको प्रवासी समूहका सदस्यहरूले आर्थिक सहयोग गरि खाद्यान्न वितरणमा सहयोग गरेका थिए । सो समूहले पर्वत जिल्लामा स्कूल, बाटो, मठ,  मन्दिर, गुफा निर्माण र गरीब दुःखी, असहाय,  कैंसर पीड़ित लगायतलाई आर्थिक सहयोग गर्दै आएका छन ।

पीड़ित परिवारहरूले सहयोग पाएपछि दाताहरूप्रति आभार व्यक्त गरेका छन ।

कोरोना भाइरस रोकथामको लागि भारत सरकारको लकडाउनपछि नेपाली नागरिकहरूको रोजगारसँगै लामो समय कामविहीन बन्नु परेपछि नेपाली कामदार बिचल्लीमा पर्न थालेका छन् । गोजी रित्तिएको र खानेकुरा पनि सकिएकाले समस्या परेको छ । लकडाउनले काममा निस्कन पाइएको छैन,  केहि राज्य सरकारले कोठाभाडा तिर्न नपर्ने बताएपनि घरबेटीले भने मागिरहेका छन । खानाको जोहो गर्न मुस्किल भइसक्यो, जसलाई खाद्यान्न संकट भएको छ । महामारीको संकटको समयमा सकेसम्म आफु सुरक्षित हुनुपर्छ र अरुलाई पनि सुरक्षित राख्न सहयोग गर्नु अहिले सबैको कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...