नयाँ दिल्ली, 6 अगस्त 2020
भारतको केन्द्र शासित प्रदेश जम्मू-कश्मीरको नयाँ उप-राज्यपालमा पूर्व केन्द्रीय मन्त्री एंव भारतीय जनता पार्टीका वरिष्ठ नेता मनोज सिन्हा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामनाथ कोविन्दले सिन्हालाई जम्मू-कश्मीरको नयाँ उप-राज्यपालमा नियुक्त गर्नुभएको हो ।
मनोज सिन्हा पहिला गाजीपुरबाट सांसद थिए । मोदी सरकारको पहिलो कार्यकालमा मनोज सिन्हा मन्त्री पनि रहेका थिए । तर 2019 को लोकसभा चुनावमा उनि हारेकाले यस पटकको केन्द्रीय मन्त्रिमण्डलमा अटाउन सकेका थिएनन् ।
यसअघि राष्ट्रपतिले उपराज्यपालबाट राजिनामा दिनुभएका गिरीश चन्द्र मूर्मूको राजिनामा स्वीकार गर्नुभएको थियो ।
1985 ब्याच गुजरात क्याडरका आइएएस अधिकारी गिरीश चन्द्र मूर्मूले बुधवार साँझ पदबाट राजिनामा दिनुभएको थियो । जम्मू-कश्मीरबाट अनुच्छेद 370 हटाएको एक वर्ष पुरा हुनेबित्तिकै उहाँले राजीनामा दिनु भएको थियो । उहाँलाई गत वर्ष अक्टुबरमा उपराज्यपालमा नियुक्त गरिएको थियो ।









































