HomeFeatureबेङ्गलोरमा सेवाभावले पनि बस चल्दै, अप्ठेरोमा परेकालाई आर्थिक सहयोग पनि गर्दै एक...

बेङ्गलोरमा सेवाभावले पनि बस चल्दै, अप्ठेरोमा परेकालाई आर्थिक सहयोग पनि गर्दै एक समूह

बेङ्गलोर, 15 अगस्त, मिनेष रावल

भारतमा कोरोना महामारीका बेला चर्को भाडा असुल गरेर बस व्यवसायीहरुले प्रवासी नेपालीहरुलाई दुःख दिएका बेला केही बस व्यवसायी भने सेवाभावले काम गरिरहेका छन । कर्नाटक राज्यको बेङ्गलोरमा बस गणेश थापाको नेतृत्वको समूहले नकेवल सस्तो दरमा बस यात्रा गराइरहेका छन, साथै समस्यामा परेका नेपालीहरुलाई पनि सहयोग गरिरहेका छन । समूहले फोक्सोको रोगले ग्रस्त भएका एक नेपालीलाई करिब 48 हजार आर्थिक सहयोग गरेको छ ।

बझाङको थलारा गाँउपालिका ९  राबलीका स्थायी बासिन्दा नरबहादुर डेउडा फोक्सोको रोगका कारण विरामी भएपछि फिलोमिना अस्पतालमा उपचार गराउँदा अर्थिक अभाव भएको र अब नेपाल जान चाहेको बताएपछि बझाङका सोही गाउपालिकाका गणेश थापाको समूहले चन्दा संकलन गरि 44 हजार 8 सय भारु हस्तान्तरण गरि बेङ्गलोरदेखि गौरिफण्टासम्म निशुल्क बस सेवा दिएर घर पठाएको छ ।

 समूहले आर्थिक सहयोग गर्ने दाताहरुको पनि विवरण सार्वजनिक गरेको छ ।

गणेश थापा- 1111

राम रोकाया- 1111

सुरेश खत्री- 1050

इश्वर थापा-1000

राम थापा-  1000

मोहन विष्ट- 501

हरिश खाती- 501

सुरेश धामी- 1500

मदन रोकाया- 3001

मोहन विष्ट-  1500

बिरेन्द्र विष्ट-  2050

रामराज धामी- 501

राजु रेग्मी-    501

राम सागर विष्ट- 501

बिरेन्द्र खत्री- 3001

जितु धामी- 500

गौतम विष्ट-501

सुरेश धामी- 501

जनक खाती- 501

धनहरी रावल- 501

उमेश धामी- 2000

सुस्मिता धामी- 1500

नारायण उपाध्याय- 625

गणेश बिक  –    505

बमन खडका-    1601

मीन बहादुर थापा-2000

भरत डेउडा-    2050

इश्वर डेउडा-    6796

प्रेम रोकाया-    1000

नेत्र जोशी-      501

जनेश्वर जोशी-  2001

रण बहादुर रोकाया-2151

राम बहादुर खाती- 200

र कमल रोकायाले 500 रुपैयाँ सहयोग गरेका छन

 

गणेश थापा

हाम्रा संवाददाता मिनेष रावलका अनुसार बेङ्गलोर बीबी पुरममा बस्ने नेपाली युवाहरु गणेश थापा, राजु रेग्मी र सुरेश खत्रीको समूहले आर्थिक समस्याबाट ग्रस्त भएका बझाङको दुर्गा थली गाउँपालिकाका राजु जोशीको 4 जनाको परिवारलाई आन्ध्र प्रदेशको गुडुर भन्ने ठाँउबाट उद्धार गरि गौरिफण्टासम्म निशुल्क रुपमा पठाएको छ ।

 

गणेश थापाको समूहले बेङ्गलोरदेखि सस्तो दरमा नेपाल बोर्डरसम्म बस पठाइरहेका छन । जहाँ अन्य नेपाली बस व्यवसायीहरुले चर्को भाडामा नेपालीहरुलाई बोर्डरसम्म पुऱ्याइरहेका बेला यो समूहले कुनै कमिशन नखाएर बस बुक गरेकै राशी यात्रुहरुमा बराबर विभाजन गरेर भाडा तय गर्ने गरेको जनाइएको छ । उक्त समूहले अहिले नेपालमा 3 हजारदेखि 5 हजारसम्मको भाडा दर कायम गरेका छन । जुन अरु ट्रावल्सभन्दा सस्तो पनि छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...