काठमाण्डौ, 3 अप्रैल 2021
प्रधानमन्त्री ओलीले संसदलाई जनताको आवश्यकता र प्राथमिकतामा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत गरिए ताजा जनादेशमा जानुपर्ने तर्क गर्नुभयो। उहाँले संसदीय अंकगणित देशको आवश्यकता भन्दा बाहिर गएको अवस्थामा त्यो अंकगणितलाई परिर्वतन गर्नुपर्ने र त्यसका लागि ताजा जनादेशमा जानुपर्ने दाबी गर्नुभयो । देश र जनतको आवश्यकताका लागि संसदको अंकगणित परिर्वतन गर्नुपर्ने भएकाले आफुले संसद विघटन गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “संसद यस्तै हो । कहिले देशको आवश्यकता र संसदको गणित फरक पर्छ । कहिले कृतिम ढंगले केही मान्छेहरुले संसदीय अंकगणितलाई यताबाटउता, उताबाट यता सारिदिन्छन् । मिलाईदिन्छन् । संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधै प्रतिनिधित्व गर्छ भन्न सकिदैन । त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अंकगणित यदि अनुपयुक्त ढंगले त्यहाँ खेल भईरहेको छ र अनुपयुक्त आकार लिईरहेको अवस्थामा संसदीय अंकगणित देशको आवश्यकता, जनताको आवश्यकता र अनुकुलताका लागि ताजा जनादेशमा जानुपर्छ । पोलिटिक्स त्यो हो । कसैको स्वार्थ केन्द्रीत, स्वार्थ निर्देशित होइन । देश,जनता र विकासको आवश्यकता अनुसारको अंकगणित हामीले जनप्रतिनि संस्थाहरुमा निर्माण गर्नुपर्छ र खास गरि संसदमा, जो सरकार बनाउने,संविधान संसोधन गर्न सक्ने, कानुन निर्माण र परिर्वतन गर्न सक्ने थलो हो । त्यस थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय बनावटमा लैजानुपर्छ । यदि व्यवस्थापन भएन र विभिन्न तत्व र व्यक्तिका स्वार्थहरुको खेलबाट अंकगणित आवश्यकता विपरित गयो भने ताजा जनादेशमा जानुपर्छ । हामीले गरेको विघटन त्यही गर्नका लागि हो ।”









































