HomeFeatureजनआन्दोलन मोर्चाले छठपछि देशभर आन्दोलन गर्ने घोषणा

जनआन्दोलन मोर्चाले छठपछि देशभर आन्दोलन गर्ने घोषणा

काठमाडौं, 20 अक्तूबर 2021

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । मोर्चाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर तत्कालीन राजा वीरेन्द्र शाह र दलहरुबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको ५ बुंदे सम्झौता अक्षरस पालन गर्न माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो । पुर्व राजा ज्ञानेन्द्र शाहले असोज २६ गते फुलपातीको दिन नेपाली जनताको नाममा दिएको शुभकामना र सन्देशले २०४७ सालको सम्झौताबारे उल्लेख गरेको भन्दै मोर्चाले त्यसलाई पालन गरेर अगाडि बढ्न सरकारलाई आग्रह गरेको हो  । मोर्चाका कार्यकारीणी अध्यक्ष तारानाथ लुइटेलले राजनीतिक दलहरुले प्रजातान्त्रिक समाजवादको नारा लिएर जाने र जनताको समस्या, इच्छा आकांक्षालाई चुनावी एजेन्डा मात्र बनाउने गरेको आरोप लगाउनुभयो । उहाले नेपालको पुरानो अस्तित्व बचाउन सकिएन भने नेपालका राजनीतिक दलको अर्थ नहुने बताउनुभयो । उहाले गोलमेच सम्मेलन मार्फत अगाडी बढ्ने पनि बताउनुभयो । मंसिर १२ गतेभित्र ७ प्रदेशमा संरचना गर्ने र अब चाडैनै ५ क्षेत्रमा आम विशाल जनसभा गर्ने उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...