17 जनवरी 2022
ईमानदारीको अर्को नाम भनेर चिनिन्ने नेपालीहरुले पुर्खाले आर्जेको विश्वासमा आज भोलि कुठाराघाटत गर्दै आएका घटनाहरु एक पछि अर्को बाहिर आउन थालेका छन । नेशनल लाईभ टिभीलाई गुजरातबाट प्राप्त जानकारी अनुसार एक नेपाली दम्पत्ति आफुले काम गर्ने घरबाटै लाखों रुपयाँ र गर गहना चोरि गरेर फरार भएका छन। नेपाली युवा सेवा समाज ट्रस्टका अध्यक्ष जयेश राजपूत ( रसाईली )ले दिएको घटनाको जानकारी अनुसार मकर संक्राति पर्वको दिन आस्था होम सर्विस प्रोवाईडरद्वारा नौकरीमा राखिएका टिकापुर नगरपालिका कैलाली निवासी वर्ष 46का जगत बहादुर शाही र उनकी श्रीमति वर्ष 44 की लक्ष्मी शाही (अधिकारी) आफु काम गर्ने गुजरात राज्यको बडोदराबाट 25 लाख नगद र गर गहना सहित चोरी गरि फरार भएका छन। एक दिन अघि उनलाई होम सर्विस प्रोवाईडर रामू सोनीले नौकरीमा लगाएका थिए। उनीहरु चोरी गरि भागे पछि प्रहरीले रामू सोनीलाई समातेर राखेको छ, र उक्त दुवैको प्रहरीले तीव्र गतिमा खोजी कार्य गरि रहेको छ। निज लक्ष्मी शाहीको आधार कार्डमा लक्ष्मी जगत अधिकारी लेखिएको छ। उनका लोग्नेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय द्वारा जारी सवारी चालक अनुमति पत्र नम्बर – 10 – 011413 पनि प्रहरीले फेला पारेको छ। यदि कहीं कतै कसैले दुवै जनालाई देख्नु भए या उनको बारेमा केही जानकारी भए नजिकैको प्रहरी चौकीमा वा जयेश राजपूत ( रसाईली ) लाई – 8347273329 मा जानकारी गराउन अनुरोध छ।









































